प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३
काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा महत्वपूर्ण संसदीय समितिको बैठक बस्दैछ।
सङ्घीय संसद् सचिवालयका अनुसार बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij