शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जोर्डनको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको इरानको दावी

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०८३



  • एजेन्सी। इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दावी गरेको छ ।

    आईआरजीसीले इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाही स्वरूप जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित गरिएको  दावी गरेकाे हो । आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ ।

    यसअघि अमेरिकी अधिकारीहरुले लाराक द्वीपमा इरानी रिभोलुसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए । ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दावी थियो ।

    लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ । यद्यपि, मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन । यस घटनासँगै अमेरिका र इरानबीचको तनाव फेरि बढ्ने संकेत देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij