मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०८३



  • काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले व्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आइतबार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आइतबार बिहान ७:२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो । प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न शुरु गरेको थियो ।

    नासाकाअनुसार प्रक्षेपणको ३१ मिनेटपछि रकेटबाट अब्जर्भेटरी सफलतापूर्वक अलग भएको थियो । रकेटका बुस्टरहरू पुनः प्रयोगका लागि सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरिसकेका छन् । प्रक्षेपणको झन्डै डेढ घण्टापछि टेलिस्कोपको सौर्य प्यानल र सन सेड (घामबाट जोगाउने कवच) सफलतापूर्वक सञ्चालनमा आएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

    यो टेलिस्कोप आफ्नो निर्धारित कक्षमा पुग्न करिब तीन महिना लाग्नेछ । यस अवधिमा वैज्ञानिकहरूले टेलिस्कोपमा जडान गरिएका उपकरणहरूको प्राविधिक परीक्षण र क्यालिब्रेसन गर्नेछन् । नासाले सन् २०२७ को शुरुवातसम्ममा यो टेलिस्कोपबाट खिचिएका पहिलो तस्बिरहरू सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

    यो टेलिस्कोपले दैनिक १.४ टेराबाइट तथ्यांक पृथ्वीमा पठाउनेछ, जुन नासाको खगोल विज्ञान मिसनहरूको इतिहासमै हालसम्मकै उच्च दर हो । प्राप्त हुने विशाल तथ्यांकको विश्लेषणका लागि मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स र नागरिक वैज्ञानिकहरूको समेत सहयोग लिइने नासाले जनाएको छ ।

    यस मिसनले विशेष गरी सौर्यमण्डल बाहिरका ग्रहहरूको खोजी गर्नुका साथै व्रह्माण्डको उत्पत्ति र विकासक्रमसँग जोडिएका जटिल प्रश्नहरूको उत्तर खोज्न मद्दत गर्नेछ । नासाको विज्ञान मिसन निर्देशनालयकी सह–प्रशासक निक्की फक्सले यसलाई एक ‘डिस्कभरी मेसिन’ (खोज संयन्त्र) को संज्ञा दिँदै यसले अदृश्य व्रह्माण्डलाई दृश्यमान बनाउन र जीवनको खोजीमा नयाँ युगको सुरुवात गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.