मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

राष्ट्र बैंकद्वारा ५० रुपैयाँको नयाँ नोट जारी: गभर्नर पौडेलको दस्तखतसहित बजारमा ल्याइयो

  • प्रकाशित मिति : शुक्रबार, अशोज २, २०८३



  • काठमाडौं। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ।

    केन्द्रीय बैंकले आजैदेखि उक्त नयाँ नोट सर्वसाधारणका लागि बजारमा पठाएको जनाएको छ। पुराना नोटकै आकार, रङ्ग र ढाँचालाई निरन्तरता दिइएको यस नयाँ नोटको संकेत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको छ।

    नयाँ नोटको अघिल्लो भागको मध्य भागमा नेपाल सरकारको जमानत प्राप्त भुक्तानी सम्बन्धी प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छापका साथै त्यसको मुनि अङ्ग्रेजीमा “NRB” अंकित गरिएको छ।

    त्यसैगरी तल्लो खण्डमा सिरिज नम्बर वि.सं. २०८२ र गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटमा १.२ मि.मी. चौडा भएको सुरक्षण धागो राखिएको छ, जसलाई प्रकाशतर्फ फर्काएर हेर्दा स्पष्ट रूपमा “NRB” लेखिएको देख्न सकिन्छ।

    त्यस्तै नोटको पछिल्लो भागको मध्य खण्डमा हिउँ चितुवाको चित्र र सोको माथि अङ्ग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको छ। पृष्ठ भागकै तल्लो खण्डमा अङ्ग्रेजीमा “RUPEES FIFTY” र सिरिज नम्बर “2025 A.D.” उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij