मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

१२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली

  • प्रकाशित मिति : शनिबार, अशोज ३, २०८३



  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान लामो राजनीतिक संघर्ष, जनताको त्याग र बलिदानको प्रतिफल भएको बताएका छन्। संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताए।

    ‘हामी १२औँ संविधान दिवस मनाइरहेका छौँ। यसबीचका समयहरू सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे,’ उनले भने, ‘यसबीचमा वास्तवमा लोकतन्त्रलाई लोकतान्त्रिक प्रणालीका रूपमा सञ्चालन गर्न, यसको रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन। ठूला चुनौतीहरूको सामना ग¥यौँ। निरन्तर चुनौतीहरूको सामना गर्‍यौँ। आक्रमणको सामना गर्‍यौँ। संविधानको रक्षा र कार्यान्वयन गर्दै अगाडि बढिरहेका छौँ।’

    ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौतीहरूको सामना गर्नुपरेको बताए। संविधान जारी गर्नु दोस्रो संविधानसभाको उपलब्धिमा मात्र सीमित नरहेको धारणा राखे। नेपाली जनताले लामो समयदेखि न्यायपूर्ण, समतामूलक, समृद्ध, विकसित र सुविधासम्पन्न मुलुक निर्माणको आकांक्षा राख्दै आएको उनले बताए।

    उनका अनुसार ती आकांक्षा पूरा गर्ने क्रममा विभिन्न कालखण्डमा नेपाली जनताले संघर्ष, योगदान र बलिदान गरेका छन्। उनले भने, ‘अहिलेभन्दा सय वर्ष अगाडि, अहिलेभन्दा ९० वर्ष अगाडिदेखि सुरु भएका सुसंगठित प्रयासहरू र ती प्रयासका क्रममा गर्नुपरेको योगदान तथा बलिदान, बगाउनुपरेको आँसु र बेहोर्नुपरेका क्षतिहरूको प्रतिफल संविधान हो।’

    ओलीले संविधान प्राप्तिको यात्रालाई नेपालको लामो राजनीतिक संघर्षसँग जोड्दै विगतका शासन व्यवस्थामा पनि जनताका न्याय र अधिकारसम्बन्धी आकांक्षा रहेको बताए। उनले ती आकांक्षालाई संस्थागत गर्दै संविधानको रक्षा र कार्यान्वयनलाई अघि बढाउनुपर्ने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.