शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो

  • प्रकाशित मिति : शनिबार, अशोज ३, २०८३



  • ‘ज्वाइँ राजा’ हात्तीका रूपमा चिनिएको ५३ वर्षीय रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ । हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर, सौराहाका प्रमुख मणिपुरन चौधरीका अनुसार बरण्डाभार वन क्षेत्रमा शनिबार बिहान उक्त हात्ती मृत अवस्थामा भेटिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको यो जङ्गली हात्ती करेन्ट लागेर मरेको हुनसक्ने बताइएको छ । “बिजुलीको पोल ढालेछ । तर कसरी ढालेछ, त्यही करेन्ट लागेर ढलेछ,” उहाँले भन्नुभयो ।

    यद्यपि, चितवन राष्ट्रिय निकुञ्जले भने हात्तीको मृत्युको कारणबारे अध्ययन भइरहेको जनाएको छ । रोनाल्डोको मृत्युले संरक्षण क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ ।

    “प्रजनन केन्द्रमा मात्रै यो भाले हात्तीबाट ३३ वटा हात्तीका बच्चा जन्मिएका छन् । यसले हामीलाई धेरै दुःखी बनाएको छ,” उहाँले भन्नुभयो ।

    सन् २००२ देखि रोनाल्डो चितवनमा देखिँदै आएको हो । सोही वर्षको विश्वकप फुटबलमा ब्राजिलका खेलाडी रोनाल्डो चर्चामा रहेकाले हात्ती सारका कर्मचारीहरूले उक्त जङ्गली हात्तीको नाम रोनाल्डो राखेका थिए ।

    निकुञ्जका पूर्व वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठले रोनाल्डोको मृत्युले संरक्षण क्षेत्रमा समेत क्षति पुगेको बताउनुभएको छ ।

    रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा, विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको थियो । केन्द्रका पोथी हात्तीहरूसँग प्रजनन गर्ने प्रमुख जङ्गली भाले हात्ती पनि यही थियो ।

    रोनाल्डोले निकुञ्ज आसपासका स्थानीय बासिन्दा तथा हात्ती सुसारेमाथि समेत आक्रमण गर्ने गरेको बताइएको छ । निकुञ्जका अनुसार यो हात्तीको आक्रमणबाट हालसम्म १५ जनाको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij