मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

  • प्रकाशित मिति : शनिबार, अशोज ३, २०८३



  • पृथ्वी राजमार्गआसपास वातावरणीय तथा प्राविधिक मापदण्डविपरीत जथाभाबी सहायक मार्ग खोल्ने क्रम बढेपछि मुख्य राजमार्गको सुरक्षा र दीर्घकालीन स्थायित्व जोखिममा पर्न थालेको छ ।

    भौगोलिक अवस्थाको अध्ययनबिना पहाडका भित्तामा सडक खन्दा पानीको प्राकृतिक बहाब परिवर्तन भई पहिरो, भूक्षय तथा राजमार्गमा लेदो र ढुङ्गा खस्ने समस्या बढेको हो । पृथ्वी राजमार्गको माथिल्लो र तल्लो भागबाट जथाभाबी सहायक मार्ग खोल्दा जोखिम थप बढेको मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । सहायक मार्गबाट बग्ने पानीको भार मुख्य सडकतर्फ बढ्दा कमजोर भूभागमा पहिरो जाने सम्भावना बढ्ने आयोजनाको भनाइ छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले सडकको अधिकारक्षेत्र र पहाडको भौगोलिक अवस्थालाई बेवास्ता गरी खोलिएका सहायक मार्गको प्रत्यक्ष असर पृथ्वी राजमार्गमा पर्ने बताउनुभयो ।

    सडक सुरक्षा कायम राख्न र दुर्घटना न्यूनीकरण गर्न जथाभाबी शाखा सडक खोल्ने कार्य पूर्ण रूपमा रोकिनुपर्ने पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जथाभाबी सडक खोल्नु हुँदैन स्थानीय तह, सम्बन्धित निकाय र नागरिकले सार्वजनिक सडकको अधिकारक्षेत्र संरक्षणमा गम्भीरता देखाउनु पर्छ ।”

    वर्षायाममा सहायक मार्गबाट बगेको पानी तथा माथिल्लो भागको कमजोर भूभागले गर्दा यहाँका कोत्रे, मौरीबास, देउराली, मुसेखोला, याम्पा, विमलनगरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने गरेको छ । पहिरोले गर्दा वर्षायाममा राजमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । पछिल्ला बाढीपहिरोका घटनाले सडक निर्माणसँगै भूजलाधार संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको भूजलाधार व्यवस्थापन कार्यालय दमौलीले जनाएको छ । कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले विपत् आएपछि उद्धार र राहतमा केन्द्रित हुनुभन्दा सडक तथा अन्य पूर्वाधार निर्माणकै चरणदेखि जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने बताउनुभयो । विपत् आएपछि मात्र बजेट खोज्नेभन्दा सडक तथा अन्य पूर्वाधार निर्माणको चरणदेखि नै भूजलाधार संरक्षणलाई विकासको अभिन्न अङ्ग बनाउनुपर्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जलाधारको संरक्षण गर्न सके बाढीपहिरो र भूक्षयको जोखिम घटाउन सकिन्छ ।”

    पौडेलका अनुसार सडक, भवन तथा अन्य संरचना निर्माणका क्रममा जमिनमा कङ्क्रिटको प्रयोग बढ्दा पानी जमिनमा सोसिने प्राकृतिक प्रक्रिया प्रभावित भएको छ । पानी जमिनमा सोसिन नपाई छोटो समयमा खोलानालामा पुग्दा आकस्मिक बाढी र भूक्षयको जोखिम बढ्ने गरेको उहाँले बताउनुभयो । जलाधार संरक्षण, सडक निर्माण, बस्ती विकास र पानीको निकास व्यवस्थापनलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ । बाँस, अम्रिसो, नेपियरलगायत स्थानीय वनस्पतिको प्रयोगबाट भूक्षय नियन्त्रण गर्न सकिने भए पनि संरक्षणका काममा सिमेन्ट तथा ग्याबियन संरचनामै बढी निर्भर हुने प्रवृत्ति रहेको उहाँले बताउनुभयो ।गत आवमा भूजलाधार व्यवस्थापन कार्यालयले सञ्चालन गरेका २०५ योजनामध्ये १९४ योजना सम्पन्न गरेको थियो । ती योजनामार्फत ५८ स्थानमा पहिरो नियन्त्रण, ६७ स्थानमा खोला किनार संरक्षण र २५ स्थानमा बस्ती संरक्षण गरिएको कार्यालयले जनाएको छ । त्यसै गरी १८ पोखरी तथा पाँच पानीका मुहान संरक्षणका काम सम्पन्न भएका थिए । सडक आयोजनाले पनि पृथ्वी राजमार्गको जोखिम न्यूनीकरणका लागि मुख्य जोखिमयुक्त क्षेत्रमा टेवा पर्खाल निर्माण, जैविक इन्जिनियरिङ प्रविधिको प्रयोग तथा पहिरो नियन्त्रणका काम अघि बढाएको जनाएको छ ।

    सडक सुरक्षाका लागि ट्राफिक सङ्केत, सडक चिह्न र सुरक्षा बार निर्माणका कामसमेत भइरहेका छन् । पृथ्वी राजमार्गको दीर्घकालीन सुरक्षा कायम गर्न सार्वजनिक सडकको अधिकारक्षेत्र संरक्षणसँगै जोखिमयुक्त जलाधारको पहिचान, पानीको निकास व्यवस्थापन र भूसंरक्षणलाई विकास निर्माणसँगै अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.