बिहिबार, कार्तिक १३, २०८३ | Thursday 29th October 2026

काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०८३



  • काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रिय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रिय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ । गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्री त्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका थिए। यसैगरी  विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्। काँग्रेसले चार जना केन्द्रिय सदस्यहरूको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले चार केन्द्रिय सदस्यको शपथ रोकेको हो । नवनिर्वाचित केन्द्रिय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रिय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।

    बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ
    चिकित्सक र नर्ससहित १२ पदमा दरखास्त आह्वान
    काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
    प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना
    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij