प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३
काठमाडौँ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनी सेनाका लागि अत्यन्त महत्त्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो टिप्पणी आएको हो।
मस्कले सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको र उक्त कमजोरी गत हप्ता नै हटाइएको दाबी गरेका छन्। उनले स्टारलिङ्क नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको र सर्त उल्लङ्घन भएमा सेवा बन्द गरिने स्पष्ट पारेका छन्।
यद्यपि, मस्कले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त निर्णायक रहेको स्वीकार गर्दै यो प्रणाली बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्ने बताएका छन्। सन् २०२२ मा रुसले आक्रमण गरेयता मस्कले युक्रेनप्रतिको धारणा पटक-पटक परिवर्तन गर्दै आएका छन् भने सेवामा आउने अवरोधका लागि स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबी गरेका छन्।
यसैबीच, युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गतिमा सुधार देखाएको र प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी गतिसहित सञ्चार सम्पर्क स्थिर रहेको जानकारी दिएका छन्। उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लिएको ‘दृढ अडान’ का कारण सेवा पुनःस्थापना भई अग्रपङ्क्तिको सैन्य सञ्चालन, ड्रोन रसद र रक्षा प्रणालीमा सकारात्मक नतिजा मिलिरहेको बताएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij