बिहिबार, कार्तिक १३, २०८३ | Thursday 29th October 2026

चिकित्सक र नर्ससहित १२ पदमा दरखास्त आह्वान

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०८३



  • काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले विशेषज्ञ चिकित्सक तथा नर्सिङ जनशक्तिसहित विभिन्न १२ पदमा करार सेवाबाट कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    अस्पतालले स्वीकृत दरबन्दीमा रिक्त रहेका पदमा प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो। अस्पतालको पदपूर्ति समितिले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।

    अस्पतालले नवौँ तहमा कन्सल्टेन्ट डर्माटोलोजिस्ट, कन्सल्टेन्ट ईएनटी सर्जन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट, कन्सल्टेन्ट प्याथोलोजिस्ट, अस्पताल नर्सिङ प्रशासक, कन्सल्टेन्ट रेडियोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट मेडिकल जनरलिस्ट र कन्सल्टेन्ट साइकियाट्रिस्टका लागि एक-एक पदमा आवेदन माग गरेको छ।

    त्यस्तै, सातौँ तहको नर्सिङ अधिकृत पदमा दुई जनाको माग गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ
    चिकित्सक र नर्ससहित १२ पदमा दरखास्त आह्वान
    काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
    प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना
    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij