शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८३



  • दैलेख। पूर्व बीबीसी नेपाली सेवाका संवाददाता नेत्र केसी दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ। लामो समय पत्रकारितामा बिताएका केसीको सम्भावित उम्मेदवार बन्ने कुराले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।
    केसीले रेडियो नेपालको दैलेख सम्बाददाता हुँदै विश्वको चर्चित समाचार सस्था बीबीसी नेपाली सेवासम्मको यात्रा तय गरेका थिए। उनले २५ वर्ष लामो आफ्नो पत्रकारिता जीवनमा नेपालको सशस्त्र द्वन्द्व, तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, शान्ति प्रक्रिया र संविधान निर्माणजस्ता महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा प्रत्यक्ष रिपोर्टिङ गरेका थिए।
    द्वन्द्वकालमा रेडियो नेपालबाट प्रसारण हुने ‘शान्ति जागरण’ कार्यक्रमका संचालक समेत रहेर शान्तिको सन्देश प्रवाह गरेका केसीले पत्रकारिताका क्रममा जोखिमपूर्ण क्षेत्रमा समेत रिपोर्टिङ गरेका थिए। बीबीसीको कार्यक्षेत्र काठमाडौं तोकिएपछि उनले त्यहाँ काम गर्दा नाकाबन्दी, गोर्खा भुकम्प, देशका विभिन्न भागमा गएका बाढी पहिरो, कोरोना महामारी जस्ता जोखिम बेला पनि काम गरेका छन्। लामो समयको पत्रकारिता जीवन पछि उनी आफ्नो जन्मथलोका जनताको सेवा गर्ने भन्दै दैलेखको गुराँस गाउँपालिका, फर्किएका थिए।
    पत्रकारिताबाट राजनीतितर्फ अघि बढेका केसीले गुराँस गाउँपालिकालाइ विकास, सुशासन, कृषि र पर्यटनका हिसाबले नमुना पालिका बनाउन योगदान गर्ने उद्देश्यसहित राजनीतिमा प्रवेश गरेको बताएका छन्। ऊनी २०८३ असारमा भएको रास्वपाको प्रथम केन्द्रिय अधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार समेत बनेका थिए।
    गुराँस गाउँपालिकाको अध्यक्ष पदमा उनको सम्भावित उम्मेदवारीबारे चर्चा सबै तिर हुन थाले पनि केसीले अध्यक्ष पदका लागि उम्मेदवारी दिने विषयमा उनले औपचारिक घोषणा भने गरेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij