प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८३
काठमाडौं। कृषि फार्मका लागि सहुलियतपूर्ण अनुदान मिलाइदिने बहानामा ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि भारी मात्रामा सहुलियत अनुदान सजिलै दिलाउन सक्ने भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए। पीडितलाई विश्वासमा पारेर उनीहरूले विभिन्न बहानामा उक्त रकम ठगी गरेको खुल्न आएको छ।
काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि अनुमति लिई दुवै जनाविरुद्ध हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij