शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८३



  • कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु चार करोड राजस्व संकलन गरेको छ ।

    कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व संकलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी रु ५० राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट रु ९५ लाख ८५ हजार ४०० राजस्व संकलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए।

    यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट रु ८७ लाख ८८ हजार ८७५ राजस्व संकलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर रु ७५ रहेको छ । यार्सागुम्बा (जीवनबुटी)बाट रु ७५ लाख ४४ हजार ३७१ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी रु ३१ हजार राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए।

    उनका अनुसार राजस्व दर प्रतिकेजी रु ४० निर्धारण भएको  ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट रु २३ लाख ८१ हजार ६८० राजस्व संकलन भएको छ । प्रतिकेजी रु २५ राजस्व दर भएको सेतक चिनीबाट रु २० लाख ४६ हजार ५७५ राजस्व संकलन भएको छ । सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो ।

    प्रतिकेजी रु १० राजस्व दर निर्धारण गरिएको टिमुरबाट रु १९ लाख ३९ हजार ४००, प्रतिकेजी रु ५० राजस्व दर भएको सिलाजितबाट रु नौ लाख ७७ हजार ८५०, प्रतिकेजी रु २५ राजस्व दर भएको सुगन्धवालबाट रु नौ लाख ५० हजार ५८०, प्रतिकेजी रु तीन राजस्व दर भएको रिठ्ठाबाट रु नौ लाख ४७ हजार ८३८ राजस्व संकलन भएको सूचना अधिकारी नेपालीले बताए।

    उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी संकलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij