शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८३



  • IGP मनोज केसीको सचिवालयमा  SSP प्रविण पोखरेल खटिएका छन् ।
    प्रहरी महानिरीक्षक (IGP) डा. मनोजकुमार केसीले प्रहरी वरिष्ठ उपरीक्षक (SSP) प्रविण पोखरेललाई आफ्नो सचिवालयमा खटाएका छन् ।
    राष्ट्रिय सुरक्षा परिषद्, सिंहदरबारमा कार्यरत रहेका पोखरेललाई IGP केसीले सचिवालयमा जिम्मेवारी दिएका हुन् ।
    प्रहरी नेतृत्व परिवर्तनसँगै IGP को सचिवालयमा कार्यरत अधिकृतहरूको हेरफेर हुने प्रचलन रहे पनि यसपटक भने पूर्व IGP दानबहादुर कार्कीको सचिवालयमा कार्यरत रहेकै आधारमा कुनै पनि कर्मचारीमाथि भेदभाव नगर्ने नीति नयाँ IGP ले लिएको बताइएको छ ।
    हाल IGP सचिवालयमा प्रवक्ताको जिम्मेवारीमा DIGP अबिनारायण काफ्ले, सहप्रवक्तामा SSP दीपसमशेर जबरा तथा SP धर्मराज भण्डारी र SSP शेखरजङ्ग मल्ललगायतका अधिकृत कार्यरत छन् ।
    SSP पोखरेलले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रहरी कार्यालय सर्लाही, रुपन्देहीलगायतका निकायमा रहेर नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij