आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

  • प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०८३



  • बिनिता शर्मा,काठमाडौ। नेपाल प्रहरीका नव नियुक्त IGP डाक्टर मनोज के.सी.ले आसन्न चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन मातहतका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियन (Blue Pavilion) मा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा उहाँले उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी प्रभावकारी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।

    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख AIGP सुशील सिँह राठौर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्ले,जिल्ला प्रहरी परिसरका प्रमुखहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, गण तथा गुल्मका प्रमुखहरू लगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

    IGP डाक्टर . के.सी.ले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सुरक्षित र भयमुक्त वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न विशेष सतर्कता अपनाउन निर्देशन दिनुभयो।

    साथै, उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ पूर्ण व्यावसायिक एवं परिणाममुखी कार्यसम्पादन गर्नसमेत जोड दिनुभएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रबक्ता गोबिन्द थपलियाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij