बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

परदेशमा रहेका नेपालीहरूको तिहार: भिडियो कलकै भरमा भाइटीका

  • प्रकाशित मिति : बुधबार, कार्तिक २६, २०८३



  • काठमाडौँ। रोजगारी, अध्ययन तथा पेसाका सिलसिलामा विदेशमा रहेका हजारौँ नेपालीहरूले यस वर्षको तिहार तथा भाइटीका प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जाल र भिडियो कलमार्फत मनाएका छन्। भौतिक रूपमा उपस्थित हुन नसकेपछि परदेशमा रहेका दाजुभाइ र नेपालमा रहेका दिदीबहिनीबिच फोन तथा भिडियो संवादबाटै आशिर्वाद साटासाट गरिएको हो।

    बेलायतको लन्डनमा बस्दै आएका पूर्वपत्रकार भगीरथ योगीले चार वर्षदेखि भाइटीकामा घर जान नपाएको न्यास्रो पोख्दै यसपटक सामाजिक सञ्जालबाटै बहिनीहरूसँग भलाकुसारी गरी टीकाको अनुभूति सँगालेको बताएका छन्। त्यस्तै साउदी अरबको दमाममा कार्यरत काभ्रेका समर खड्काले कामको व्यस्तताका बिच दिदीले अन्य दाजुभाइलाई टीका लगाइदिएको भिडियो कलमार्फत हेरेर चित्त बुझाएको सुनाएका छन्।

    अस्ट्रेलियाको पर्थमा रहेका सञ्चारकर्मी दामोदर भण्डारी र जापानको टोकियोमा बस्ने भवानी भट्टले पनि नेपालमा रहेका दिदीबहिनीसँग भिडियो कलबाटै कुराकानी गरी दशौँ हजार माइल टाढाबाटै आशिर्वाद थापेको अनुभव व्यक्त गरेका छन्।

    साउदी अरबको रियादमा रहेका स्तम्भकार कुमार कार्कीका अनुसार मध्यपूर्वका साउदी, कतार, युएई, बहराइनलगायतका देशमा रहेका नेपालीहरूले एकापसमा नजिकका चेलीबेटी वा नेपाली समुदायबिच भेला भएर दीपावली तथा भाइटीका मनाउने गरेका छन्। पछिल्लो समय आधुनिक प्रविधिको विकासले गर्दा परदेशमा रहेका नेपालीहरूलाई भौतिक दूरी भए पनि चाडपर्वमा परिवारसँग जोडिन केही हदसम्म सहज बनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    परदेशमा रहेका नेपालीहरूको तिहार: भिडियो कलकै भरमा भाइटीका
    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij