सोमवार, मंसिर १, २०८३ | Monday 16th November 2026

सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

  • प्रकाशित मिति : आइतवार, कार्तिक ३०, २०८३



  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् ।

    रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गंगासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् ।

    जनकपुरधामका तालतलैया घाटहरु सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij