प्रकाशित मिति : बुधबार, कार्तिक २६, २०८३
काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१२ जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सडक सुरक्षाका विभिन्न कसुरमा उनीहरूलाई कारबाही गरिएको हो।
प्राप्त विवरणअनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३६ जना रहेका छन्। यसैगरी तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ जना, रेड लाइट (ट्राफिक सङ्केत) उल्लङ्घन गर्ने १६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८ जना र वन वे (एकतर्फी सडक) नियम मिच्ने १ जना चालक कारबाहीमा परेका छन्।
साथै, सिसिटिभी निगरानीमार्फत ३६ जना र अन्य विभिन्न कसुरमा १९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सडक दुर्घटना न्यूनीकरण तथा व्यवस्थित यातायात सञ्चालनका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले चालकहरूसँग आग्रह गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij