शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

प्रधानमन्त्री केपी शर्मा ओलीले कारागारमा हुँदा आफूले पनि कविता लेख्ने गरेको

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • प्रधानमन्त्री केपी शर्मा ओलीले कारागारमा हुँदा आफूले पनि कविता लेख्ने गरेको जानकारी दिएका छन् ।

    आज आयोजित कविता वाचन कार्यक्रममा उनले २०४१ सालमा पोखराको बन्दीगृहमा बसेका बेला लेखेको ‘खर्पन’ शीर्षक कविता पनि सुनाए । सो अवसरमा प्रधानमन्त्री ओलीले आफूले राजनीतिक जीवन सुरु गर्दादेखि नै साहित्यकारसँग सङ्गत गरेको र त्यसतर्फ आकर्षित भएको बताए । सहकर्मी मोदनाथ पश्रिततर्फ लक्षित गर्दै उनले भने, “म कवि चाहिँ होइन, उनीहरुको सङ्गतले पहिले कहिलेकाहीँ लेख्थें ।”

    पोखराको बन्दीगृहमा रहँदा काठमाडौँकै झल्को आउने गरी एक व्यक्तिले ‘खर्पन’ बोकेर हिँड्ने गरेको र त्यसैबाट प्रभावित भएर आफूले सोही शीर्षकको कविता लेखेको जानकारी दिए ।

    म यही खर्पनमा हालेर हर दिन बेलुका
    बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु
    म यही खर्पन थापेर हर दिन बिहानै
    आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
    हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा–
    यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
    अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
    र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई
    यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
    तर खर्पन बाटो पनि हो, जसमा जिन्दगी हर दिन गुज्रिन्छ
    यो मेरो बिहान हो, मेरो दिन हो, बेलुकी पनि हो,
    मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो
    मेरो जीवनको दियो जलाउने बत्ती हो खर्पन
    मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
    मान्छेहरुसँगको मेरो ‘जी–हजुर’, ‘तँ–तँ म–म’ सबै सम्बन्धहरु हो खर्पन
    मेरो घर, मेरो घाट, मेरो बजार–मेरो हाट जे भने पनि हुन्छ खर्पन ।
    जनसांस्कृतिक मञ्च नेपालले आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’को २८ औँ शृङ्खलामा प्रगतिवादी कवि प्रा डा बद्रीविशाल पोखरेलले ‘कुरुपताविरोधी’ १० भन्दा बढी कविता वाचन गरेका थिए । उनका कवितामा राजनीतिक व्यङ्ग्य, राष्ट्रिय स्वाभिमान, शृङ्गारिक रस, प्राकृतिक सौन्दर्य तथा सामाजिक विकृति समेटिएका थिए ।

    आयोजक मञ्चका अध्यक्ष राम विनयले जनपक्षीय साहित्य सिर्जना गर्ने सर्जकहरुलाई संरक्षण र प्रोत्साहन दिनु आफूहरुको उद्देश्य रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij