शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

आतङ्ककारी समूहका प्रमुख सेनापति महमुद ब्यारी अलियास अबु येहियालाई गिरफ्तार

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • माली– मालीको विशेष सुरक्षा सैनिक दलले अन्सार दिन आतङ्ककारी समूहका प्रमुख सेनापति महमुद ब्यारी अलियास अबु येहियालाई गिरफ्तार गरेको यहाँको सुरक्षा स्रोतले जनाएको छ ।

    अन्सार दिन आतङ्ककारी समूहलाई उत्तरी मालीका विभिन्न इलाकामा हिंसात्मक र आतङ्ककारी गतिविधि मच्चाएको आरोप लाग्दै आएको छ ।

    त्यस्तै गत वर्षको जुन महिनामा मालीको नारा प्रहरी बाहिनी उपर महमुद ब्यारीको नेतृत्वमा भीषण आक्रमण भएको थियो ।

    साथै मध्य मालीको नाम्पालामा अवस्थित एउटा सैनिक क्याम्पमा गत हप्ता मात्र गराइएको आतङ्ककारी आक्रमणमा १७ जना सैनिक मारिनुका साथै अन्य ३५ जना घाइते भएका थिए ।

    यस आक्रमण पनि महमुद व्यारी संलग्न रहेकै योजना मुताविक गराइएको भनी सैनिक स्रोतले दावी गरेको छ ।

    संदिग्ध महमुद ब्यारी सन् १९७९ मा जन्मेको र मालीको सरकार विरोधी अर्को आतङ्ककारी समूह म्यासिना लिबरेसन फ्रन्टको मुख्य नेता अमादो कोफ्फाको विश्वास पात्रको रुपमा परिचित रहेको सैनिक स्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij