बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पशुपति वैदिक आश्रमलाई कोलकाताबाट सहयोग

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • काठमाडौँ।  भारतेन्दु नेत्रही आश्रम(कोलकाता) र पशुपति वैदिक आश्रम ट्रस्ट (नेपाल)को सहयोगमा दिलीप थापा डान्स स्कुल र रवीन दास हेयर ब्युटी एकाडमीको आयोजनामा मिनी सुपरस्टार २०१७ सांस्कृतिक समारोह भारत कोलकता हावडामा सम्पन्न भएको छ ।

    समारोहको उद्घाटन पत्रकार आनन्द पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा ९० छात्रछात्राले मिनी सुपरस्टार उपाधि पाएका थिए । कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले भारतीयलगायत नेपालीहरुलाई नृत्य प्रशिक्षणमा दिएको योगदानप्रति नेपालका नृत्य प्रशिक्षक दिलीप थापाको सराहना गरे ।

    सो अवसरमा समाजसेवी अशोक शर्मा, नरेश अग्रवाल, लक्ष्मण खड्का, नन्दजीप्रसाद र विकास अग्रवालबाट सङ्कलित सहायता रकममध्ये दुई आश्रमलाई क्रमशः भारु १५ हजार र ११ हजार प्रदान गरियो । कार्यक्रममा विभिन्न संस्थाका प्रतिभाहरुले लोकगीत र नृत्य प्रस्तुत गरेका थिए ।

    वैदिक आश्रमअन्तर्गत पशुपति साङ्गवेद आवासीय संस्कृत मावि, नवलपरासी, देवचुली–१५, प्रगतिनगरमा एक सय वटुकहरु अध्ययन गरिरहेका छन् । विभिन्न दाताले गरेको सहयोगबाट विद्यार्थीहरु(६–८कक्षा)अध्ययन गरिरहेको आश्रमका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिए । आश्रममा अध्ययन गर्न विद्यार्थीहरुको आकर्षण बढिरहेकाले कोठाहरु थप गर्नका लागि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले सांसद विकास कोषबाट रु १२ लाख प्रदान गरेका छन् ।
    बयानब्बेवर्षीय श्रोत्रीय ब्रह्मनिष्ठ श्री १०८ स्वामी सच्चिदानन्द पुरी महाराजजीले सो आश्रम र गुरुकुल स्थापना गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij