बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

भक्तपुरमा सिन्दुर जात्रा मनाइयो

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • भक्तपुर । भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन् । मध्यपुर ठिमीका वासिन्दाले शनिवार विहान १९ वटा खटसहितको सिन्दुरजात्रा मनाएका हुन् ।

    नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दुरजात्रा मनाउने गरिन्छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरुले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाए ।

    जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो ।

    सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा आर्थिक कारण एवं अन्य समस्या देखाउँदै १९ खटसहित जात्रा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij