बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

व्यवसायिक अभिवृद्धिको योजना ल्याउँदै सरकार

  • प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४



  • काठमाडौं ।  उद्योग मन्त्रालयले आगामी बर्षको बजेटलाई ठोस रुप दिनका लागि व्यवसायिक अभिवृद्धि गर्ने लक्ष्यसहितका योजना अघि सार्ने तयारी गरेको छ ।

    आगामी बर्षको बजेटमा सामाजिक उत्तरदायित्वका कार्यक्रम बढाउने, घरेलु तथा साना र मझौला उद्योगमा महिला उद्यमीको संख्या बढाउनका लागि अनुदानको व्यवस्था गर्ने लगायत कार्यक्रम अघि सार्ने तयारी मन्त्रालयले गरेको छ ।
    त्यसैगरी १० बर्ष भित्र नेपाली युवालाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी कार्यक्रम केन्द्रिकृत गर्ने तयारी पनि मन्त्रालयले गरेको छ ।

    औद्योगिक क्षेत्रको दीर्घकालिन विकासका लागि पुर्वाधारमा लगानी थप्नुपर्ने निष्कर्षका साथ मन्त्रालयले झण्डै साढे तीन अरब थप गर्नुपर्ने तथा च्यालेन्ज फण्डका लागि पनि आवश्यक रकम छुट्याउन अर्थमन्त्रालयलाई लेखी पठाउने भएको छ ।

    मन्त्रालयमा आइतबार आयोजित बजेट तर्जुमा सम्बन्धी कार्यक्रममा मन्त्री नविन्द्रराज जोशीले दीर्घकालिन महत्व र सम्वृद्धिका लागि सहयोग पुग्ने कार्यक्रम र बजेटलाई मन्त्रालयले उच्च महत्व दिएको बताए ।

    मन्त्रालयले बैदेशिक रोजगारीमा गएकालाई स्वदेश फर्काउन आकर्षक प्याकेज ल्याउने बारेमा पनि तयारी सुरु गरेको छ । त्यसैगरी, मन्त्रालयले नया उद्योगमा विद्युतीय सवारी साधन बनाउने, स्टिल, बहुमुल्य रत्न पत्थर तथा कृषिजन्य उद्योगलाई विशेष प्राथमिकतामा राख्दै उद्यमशिलताको विकासमा बजेटलाई केन्द्रीत गर्ने बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij