बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

विमानस्थल गौचरण बन्यो

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४



  • सोलुखुम्बु ।  सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पु¥याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो ।

    चट्याङले टावरको उपकरणमा क्षति नपु¥याउँदासम्म हप्ताको एउटा उडान नियमित थियो । जिल्लाको तल्लो क्षेत्रका करिब १५ गाविस र खोटाङको उत्तरी क्षेत्रका नागरिकले सेवा लिने गरेको उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको थियो । दूधकौसीका गाउँपालिका–२ का स्थानीय मानबहादुर कार्की भन्छन, “सम्बन्धित निकायको उदासिनताका कारण जनता भने हवाई सेवाबाट वञ्चित हुनुप¥यो ।”

    जलेश्वरी खोटाङका रामकुमार राईले भने “हवाई सेवा सञ्चालन भएको भए मेरो ७० वर्षीया बुबालाई सहजै काठमाडौँ लान्थँे तर हवाई सेवा नहँुदा काठमाडाँैसम्म लान सकेको छैन, त्यसैले यो विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले पहल गर्नुप¥यो ।”

    प्राविधिक कारणले विमानस्थल बन्द भएपछि पुनःपरीक्षण उडान गर्नुपर्ने एयरलाइन्सको नियम छ । निगम काँगेलका इन्चार्ज नारणकाजी कार्कीले भने, “ नेपाल एयरलाइन्ससँग आइपी क्याप्टेन नहँुदा परीक्षण उडान गर्न नसक्ने मुख्य कार्यालयबाट जानकारी आएको छ ।” विमान यात्रुले बारम्बार सम्पर्क गर्ने गरेता पनि परीक्षण उडाननै हुन सकेन यो दुःखत कुरा हो इन्चार्ज कार्कीले भने ।

    अहिले विमानस्थलमा मासिक ५५ हजार खर्च हुन्छ, तर आम्दानी भने शून्य छ । विमानस्थल २०५८ सालदेखि सञ्चालनमा आएको थियो । तर अहिले करिब १० घरले वस्तु बाख्रा चराउने गर्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij