शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

वर्षासँगै आएको बाढी र पहिरोका कारण प्युठान जिल्लाका आन्तरिक सडक अवरुद्

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  •  लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ ।

    जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने भएपछि समयमै राहत पु¥याउनका लागि कठिनाइ भएको हो ।

    जिल्लास्तरबाट तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले चिउरा, चाउचाउ, दालमोठजस्ता अत्यावश्यक वस्तु पु¥याए पनि अन्य खाद्यान्न र लत्ताकपडा पु¥याउन समस्या देखिएको हो । राहत सामग्री ढुवानी गर्नका लागि फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरे पनि केन्द्रबाट हेलिकप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको छ । राहत सामग्री ढुवानी गर्नका लागि हेलिकप्टर माग भए पनि हालसम्म आउन नसकेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए ।

    “तत्कालको राहत सामग्रीका लागि नेपाली सेना र नेपाल प्रहरीले ढुवानी कार्य गरिरहेका छन् ।” प्रनाउ राठोरले भने –“जिल्लास्तरमा राहत सामग्रीसँगै हेलिकप्टरको आवश्यकता देखिएको छ ।” लगातार तीन दिनसम्मको वर्षाका कारण ३८ जनाको मृत्यु भएको प्यूठानमा अहिलेसम्म झन्डै ३०० घरपरिवार विस्थापित भएका छन् ।

    पहिरोमा परी मृत्यु भएकाका आफन्त र विस्थापितका लागि राहत सामग्रीसहित खानेपानी, स्वास्थ्य तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयवासी तथा राहत कार्यमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए ।

    “स्थानीयवासीमा पानी, बसोबास, खाद्यान्न तथा स्वास्थ्य समस्या देखिएको छ ।” तीन दिनदेखि उद्धार कार्यमा खटिएका भण्डारीले भने – “तीन दिनको सुत्केरीसहित वृद्ध र नाबालक पनि यहाँ बेवारिसे अवस्थामा रहेका छन् । उनीहरुको उद्धार गरी उचित बसोबास र खाद्यान्नसहित स्वास्थ्य सेवा तत्काल लैजान आवश्यक छ ।”

    हालसम्म फोप्लीको ३, ४ र ५ नं वडामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यस्तै यहाँ अझै दुई जना बेपत्ता रहेका छन् भने जिल्लाका विभिन्न स्थानमा अझै पनि छ जना बेपत्ता रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनीहरुको खोजीसँगै उद्धार र राहतलाई प्राथमिकता दिइएको बताए।

    “राहतस्वरुप हामीले तत्कालका लागि रु आठ हजारसम्म राहत दिएका छौैँ ।” प्रजिअ पन्थले भने – “जिल्लामै हालसम्मकै ठूलो मानवीय क्षति भएको समय छ । यसमा प्रतिमृत परिवार रु ४० हजारसम्म आर्थिक राहत दिने तयारी गरेका छौँ । तर अन्य निकायको समन्वयमा खाद्यान्न र लत्ताकपडा पनि वितरण गर्ने तयारी गरेकाछौँ ।” बाढी पहिरोमा परी मृत्यु भएका सँगै विस्थापित र बाँचेकाको अहिले बिचल्ली भएको छ ।

    जिल्लामा ३०० भन्दा धेरै परिवार विस्थापित

    लगातारको वर्षासँगै आएको बाढी पहिरोमा परी उच्च जोखिममा रहेका रजवारा, खुङ, पूजा, खवाङ, फोप्ली, लुङ र भिगृमा स्थानीयवासी विस्थापित भएका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसको ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, गोठ तथा आफन्तको आश्रय लिएर बसेका छन् ।

    त्यस्तै डामृमा ४२, अर्खामा २८ र लिवाङमा १७ परिवार विस्थापित भएका छन् । त्यस्तै उत्तरी प्यूठानको स्याउलिवाङ र ओखरकोटमा १६ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । विस्थापित परिवारमा सदस्यहरु झन्डै एक हजार ५०० जनाभन्दा धेरै विस्थापित भएको हुन सक्ने अनुमान गरिएको छ । विस्थापित परिवार अधिकांश विद्यालय तथा खुला ठाउँ र आफन्तकामा बसेका छन् । जिल्लाभरमा स–साना पहिरो असङ्ख्य मात्रामा गएका छन् ।

    अधिकांश ठाउँ उच्च जोखिममा

    जिल्लामा बाढी पहिरो गएका अधिकांश ठाउँ उच्च जोखिममा रहेका छन् । पहिरो गएका ठाउँमा पानीका मुहान फुटेसँगै गाउँका बस्ती उच्च जोखिममा रहेका छन् । भूकम्पसँगै लगातारको वर्षाका कारण जमिनमा चट्टान र माटो बीचमा ठूलो कम्पन आएकाले ठाउँहरु उच्च जोखिममा रहेका छन् । जिल्ला दैवी प्रकोप प्रतिकार्य योजनामा पनि उत्तरी क्षेत्रहरु आफैं जोखिममा रहेको भन्दै प्रजिअ जनकराज पन्थले लगातारको वर्षासँगै सो क्षेत्रका ठाउँ र बसोबास गरेका स्थान उच्च जोखिममै रहेको बताए ।

    छ बेपत्ता अझै फेला परेनन्

    लगातारको बाढी र पहिरोका कारण जिल्लाभरमा हालसम्म अझै छ जना बेपत्ता रहेका छन् । उनीहरु तीन दिन बितिसक्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    हालसम्म फोप्ली–३ मा ४१ वर्षीया चमेली पुन, चार वर्षीया थमी पुन, खवाङ–३ का ८० वर्षीय फुटरी सुनार खवाङ–७ का २५ वर्षीया काली परियारसहित लुङ–६ वहानेका ११ वर्षीय किरण थापा र ३० वर्षीया शोभा रिजाल बेपत्ता रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij