प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
बनेपा, १५ साउन । काभ्रेपलाञ्चोकको धुसेनी शिवालय गाविस–६ मा आज एक घर पुरिदा एक बालिकाको मृत्यु भएको छ ।
पहिरोले कान्छा विककी ७ वर्षीया छोरी सजिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले पहिरोले पुरिएर कान्छकी १० वर्षीया जेठी छोरी सविता घाइते भएको जानकारी दिनुभयो । सो घटनामा कान्छाकी श्रीमती लक्ष्मी विक सामान्य घाइते भएकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij