प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
काठमाडौँ–बुढानीलकण्ठ नगरपालिका–६ चिसेनीस्थित झरना खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुढानीलकण्ठ नगरपालिका–४ स्थित बुढानिलकण्ठ मन्दिरमा हरिकीर्तन भजन गरी बस्ने नुवाकोट जिलिङका १५ वर्षीय सन्तोष बिंडारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच कामपा–३१ कमलादी गणेश मन्दिर नजिक नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आज मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij