बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

रुख ढल्दा च्यापिएर एकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४



  • दाङ । रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको आज मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले आज बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएकामा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । वलीको टाउकामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

    यसैबीच उपमहानगरपालिका–१३ फूलबारीमा सर्पले डसेर सोमबार बेलुका ३९ वर्षीय लोकजङ्ग विकको मृत्यु भएको छ । सर्पले डसेपछि समयमा अस्पतालमा नल्याई गाउँमा नै झारफुक गरेको र अन्तिम चरणमा अञ्चल अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij