प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४
गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) मंगलबार दिउँसो पक्राउ परेका छन् । चुनावी सुरक्षामा खलल पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै प्रहरीले उनलाई राजधानीको महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले रातोपाटीलाई बताए ।

‘निर्वाचन सुरक्षालाई ख्याल गर्दै उनलाई पक्राउ गरिएको हो’, एसएसपी जोशीले भने।
उनलाई पक्राउ गर्न केहि दिनयता प्रहरी परिचालन गरिएको र आज दिउँसो महाराजगन्जमा भेटिएपछि नियन्त्रणमा लिइएको बताइएको छ ।
आइतबारमात्रै प्रहरीले अर्का गुण्डा नाइके दीपक मनाङेलाई पनि पक्राउ गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij