आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महानगरलाई सकुम्वासी मुक्त घोषणा गर्ने प्रतिवद्धता

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४



  • चितवन । नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर र उपमेयरले भरतपुर महानगरलाई सकुम्वासीमुक्त महानगर घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा उनीहरुले सुकुम्बासीमुक्त बनाउने प्रतिवद्धता जनाएका हुन् ।

    सुकुम्वासी समस्या हल नगरेसम्म ‘स्मार्ट सिटी’ नबन्ने भन्दै आफूहरुले महानगरलाई कुनै पनि हालतमा सकुम्वासीमुक्त महानगर घोषणा गर्ने दावी गरे ।

    मेयर पदकी उम्मेदवार रेणु दाहालले काँग्रेस र माओवादीको विचार र एजेण्डा मिले जसरी नै दुई दलले देखेको आधारमा महानगरको विकासलाई दु्रत गतिमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

    यस्तै सभामा बोल्दै उपमेयरकी उम्मेदवार पार्वती शाहले आफुहरु विजयी भएसँगै हरेक नागरिकले आफ्नो जग्गासहितको आवासमा बस्न पाउने बताइन् । महानगर मात्र नभइ जिल्लालाई नै आफूहरु मिलेर सुकुम्बासीमुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

    घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेताहरु मिलनबाबु श्रेष्ठ, उमा गिरी र माओवादी केन्द्रका नेताहरु पूर्णकुमारी सुवेदी र ईश्वर सापकोटा लगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij