बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर दुर्घटना, सातजना घाइते

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४



  • नुवाकोट । रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर मंगलबार साँझ नुवाकोटको गेर्खुटारमा दुर्घटनाग्रस्त भएको छ ।

    केरुङबाट तयारी पोसाक बोकेर काठमाडौं जाँदै गरेको ना६ख ३३२८ नम्बरको उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट, ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

    अन्य घाइतेको नुवाकोट सिटी अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

    ‘ब्रेक फेल’ भएर कन्टेनर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी घाइते भएका अधिकांश कपडा व्यापारी रहेको बताइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij