प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४
पञ्चकन्या गाउँपालिका–४ स्थित पार्किङ गरि राखेको बा.४ ख ५५९५ नम्बरको आईचर गाडी चालकले ब्याट्री चेन्ज गर्ने क्रममा अचानक गुडेको छ ।
यसरी अचानक गुडेको गाडीले पैदल यात्री सोही ठाउँ बस्ने ४५ बर्षीया ठुली तामाङलाई ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा तामाङकी १५ बर्षीया छोरी सिता तामाङ घाइते भएकोले उपचारको लागी प्राथमिक स्वास्थ्थ चौकी खरानीटारमा पठाइएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij