बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै : आठ दिनमा कति बाहिरिए ?

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको खबर आजको नयाँ पत्रिकामा छ ।

    चुनावमा करिब एक लाख बाहिरिने अनुमान
    ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए । शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । ‘१९ वैशाखमा उपत्यकामा ३७५८ सवारी आएका थिए भने ३६५२ गएका थिए । त्यस्तै, २१ गते ८९२६ सवारीसाधन आएका छन् भने ९२९९ गएका छन् । ‘बाहिर गएका धेरै सवारीसाधन अहिलेसम्म फर्केका छैनन्,’ उनले भने, ‘त्यसमा पनि निजी सवारीसाधन धेरै बाहिरिएका छन् ।’

    अहिलेसम्म तीन हजारभन्दा बढी सवारीसाधन उपत्यकाबाहिर
    आठ दिनमा तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न नाका हुँदै सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार २१ देखि २८ वैशाखसम्म क्रमशः ३६३, ४९८, ८७, २३७, ७०८, ३१७, ४५५ र पाँच सयभन्दा बढी सवारीसाधन बाहिरिएका छन् । भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या बढी छ ।

    सबैभन्दा बढी नागढुंगा, त्यसपछि भक्तपुर–साँगा र फर्पिङ नाकाबाट सवारीसाधन बाहिरिएका छन् । पहिलो चरणको स्थानीय तहको चुनाव प्रदेश नम्बर ३, ४ र ६ को ३४ वटा जिल्लामा हुँदै छ । ३४ जिल्लामा करिब ५० लाख हाराहारीमा मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij