प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
सुरुङ्गा, झापा । करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी पाँच वर्षीया बालिका जिया बाँस्कोटा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बालिकालाई दिउँसो ४ः३० बजे करेन्ट लागेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
घरमा कोही नभएको समयमा बालिकालाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर घाइते बनेकी उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालिकाको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij