बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

व्यापार सङ्घको अध्यक्षमा पुनः मोरङ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • पथरी  । वैशाख मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन भएका छन् । ३१औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् ।

    सल्लाहकारमा अविनाश बोहरा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको उपाध्यक्षमा सुशीलकुमार जोशी, उद्योग क्षेत्रको उपाध्यक्षमा सुनिल टिवडेवाला, महासचिवमा नवीन रिजाल, सचिवमा अनिलकुमार साह र प्रवक्तामा विकासकुमार लालवानी चयन भएका छन् ।

    यसैगरी, कार्यकारिणी सदस्यहरुमा अनुपम राठी, अनिल सारडा, दीपेश सुवेदी, पवन राठी, देवाशीष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी रहेका छन् । अन्य सदस्यमा पियुष तोदी, मनिषकुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विडला र ओमप्रकाश श्रेष्ठ रहेको छ ।
    यसअघि पाँच दिनअघि व्यापार सङ्घको कार्यकारिणी सदस्यका लागि चुनाव भएको थियो । सो चुनावमा सांसद पवन सारडा पक्षका बहुमत व्यापारीले कार्यकारिणी सदस्य जितेका थिए ।

    सो चुनावमा अध्यक्षका अर्का दावेदार राजेन्द्र राउत आफूसहित कार्यकारिणी सदस्य पदमा पराजित भएका थिए । व्यापार सङ्घका कार्यकारी सदस्यमा जुन पक्षले बहुमत ल्याउँछ त्यो पक्षले नेतृत्व चयन गर्ने प्रावधानअनुरुप पवन सारडा अध्यक्षमा चयन हुनुभएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij