बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

औषधि व्यवसायीको आन्दोलन : मुखमा कालोपट्टी बाँधेर विभागमा प्रदर्शन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • काठमाडौ । औषधि आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् । नेपाल औषधि आयातकर्ता संघको आव्हानमा व्यवसायीहरुले शुक्रबार औषधी व्यवस्था विभागमा पुगी मुखमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।

    सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा रोक लगाउने घातक निर्णय गरेको, स्वास्थ्यमन्त्री गगन थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बद्नाम बनाउन खोजेको औषधी आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए । व्यवसायीले औषधी सर्वसुलभ गराउन आफुहरु लचक भएपनि सरकारले औषधी आयातमा रोक लगाएको दाबी समेत गरेका छन् ।
    बिहीबार पत्रकार सम्मेलन गरी औषधि आयातकर्ताहरुको संगठन नेपाल औषधि आयातकर्ता संघले सरकारी निर्णय खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । घोषित कार्यक्रम अन्र्तगत व्यवसायीले मुखमा कालो पट्टी बाँधेर शुक्रबार औषधी व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएका छन् ।

    उनीहरुले माग सम्बोधन नभए औषधी आयात ठप्प पार्ने सम्मको चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयले औषधि आयातमा रोक लगाउने निर्णय गरेपछि आयातकर्ताहरुले सबै औषधिको आयात ठप्प पार्ने चेतावनी दिएका हुन् । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij