प्रकाशित मिति : सोमवार, जेष्ठ ८, २०७४
बर्षात ओली, बाँके । बाँकेमा १ यूबतीले सुत्ने कोठामा डोरीको पासो लगाई आत्महत्या गरेकी छिन । जिल्ला बाँके साविक उढपुर स्थायी घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं ५ स्थित मिन शर्माको घरमा कोठा लिई वस्ने वर्ष ३५ की सन्जु श्रेष्ठले कोठामा डोरीको पासो लगाई आत्महत्या गरेकी हुन ।
यस सम्बन्धमा छानबिन भई रहेको जिल्ला प्रह्ररी कार्यालयका प्रहरी निरीक्षक वीर बाहादुर थापाले जलजलाखबर सँग बताउन भयो । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij