बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

उच्च प्रविधियुक्त नर्सरी ११ जिल्लामा स्थापना

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ८, २०७४



  • काठमाडौँ । वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ ।

    विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३÷०७४ मा ११ वटा उच्च प्रविधियुक्त नर्सरी, १३ वटा साधारण नर्सरी, १२४ वटा साधारण नर्सरी मर्मत गरेको हो ।

    विभागका प्रवक्ता ईश्वरी पौडेलले ६८ लाख ९८ हजार विभिन्न प्रजातिका रुख बिरुवालाई उत्पादन गरी झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा जिल्लामा मागअनुसार वितरण गरिएको बताए ।
    एघार जिल्लाका ३० वटा नगरपालिकामा वृक्षारोपणसहित उद्यान निर्माण, व्यवस्थापन, अनुगमन, मुल्याङ्कन, २२६ वटा निजी वन दर्ता प्रोत्साहनका लागि प्राविधिक सहयोग र १०६ निजी वन दर्ताका लागि अनुदान सहयोग उपलब्ध गराएको पौडेलले बताए ।

    विभागले चाल्नाखेलमा केन्द्रीय नर्सरी स्थापना गरी गुणस्तरीय बिरुवा उत्पादन गरी वितरण गर्दै आइरहेको छ । यस्तै विभिन्न किसिमका रुख प्रजातिको एक हजार ५०० केजी गुणस्तरीय बीउ सङ्कलन, प्रशोधन तथा वितरण गर्नुका साथै ११ जिल्लाका ६०८ हेक्टर जग्गामा विभिन्न किसिमका बिरुवा वृक्षारोपण गरिएको विभागले जनाएको छ ।

    आव २०७३-०७४ मा विभागले वन दशक कार्यक्रमको लागि रु पाँच लाख छ हजार ७६ विनियोजन गरेको विभागका सहायक वन अधिकृत युवराज पोखरेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij