बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

जंगली जनावरलाई बन्दुक हान्दा मान्छेलाई लाग्यो, एक घाइते

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ९, २०७४



  • वुटवल उप–महानगरपालिका–१२ स्चिारपाला जंगलमा जंगली जनावरलाई भरुवा बन्दुकले हानेको छर्रा लागेर नरबहादुर गाहा मगर घाईते भएका छन् ।
    बुटवल–१२ ज्यामिरे बस्ने २७ वर्षीय गाहा मगर तामनगरमा घर बनाउने काम गरी आप्mनो घर फर्कने क्रममा चारपाला जङगलबाट आएको गोली लागेर गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय वुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

    गाहा मगरको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको र बन्दुक हान्ने एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको डिएसपी मरासिनीले जानकारी दिए । प्रहरीले घट्नास्थलबाट तिन थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

    यसैबिच मकवानपुरको मनहरी गाउँपालिका–८ पूर्वपश्चिम लोकमार्ग स्थित माथिल्लो ज्यामिरे जंगलमा ना.६ ख ५६०१ नम्बरको ट्रकमा लोड गर्दै गरेको ४५ के.जी. गाँजा सहित ट्रक चालक बेलबहादुर थोकर र सहचालक बिजय भोलनलाई प्रहरीले पक्राउ गरेको छ ।

    यसैगरी, धनकुटा शहिदभुमी गाउँपालिका–३ बस्ने ३० वर्षीय सर्वजित राईलाई करीब ५ के.जी. लागूऔषध गाँजा सहित मंगलबार मोरङ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–१० कपन दुर्गा मन्दिर बस्ने २६ वर्षीय निरन्जन थापालाई पनि प्रहरीले सोमबार सोही नगरपालिका–१२ बाट लागूऔषध गाँजा १ के.जी. सहित पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij