प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४
मत परिणाम आउने क्रम जारी रहेकै बेला नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कास्कीका उपसभापति हरिप्रसाद आचार्यको हृदयघातबाट निधन भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुमा वि.सं. २०३२ माघ १० गते जन्मिएका आचार्य नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य एवं नेपाल तरुण दल, कास्कीका पूर्व सहसचिव समेत रहेका थिए । आचार्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij