बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बैतडीमा विद्युत्भार कटौतीले समस्या

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४



  • यहाँका बासिन्दा विद्युत्भार कटौतीका कारण हैरानी खेप्दै आएका छन् ।

    विद्युत्भार कटौती हुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । विद्युत्भार कटौतीका कारण श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार स्वास्थ्य चौकीमा रहेको फ्रिज पुरानो भइसकेको र त्यसैमा विद्युत्भार कटौती हुँदा समस्या भएको छ ।

    यस्तै विद्युत्भार कटौतीका कारण जिल्लाका सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी समेत प्रभावित हुने गरेका छन् । “बेलाबेलामा रेडियोको विद्युतीय सामग्रीमा क्षति हुने गरेको छ, प्रसारण नै रोक्नुपर्ने बाध्यता छ,” रेडियो निङ्लाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थीले भने।

    नेपाल विद्युत् प्राधिकारण बैतडी वितरण केन्द्रले अनियमित रुपमा विद्युत्भार कटौती गर्ने गरेको छ । विभिन्न स्थानमा जीर्ण अवस्थामा रहेका खम्बा तथा जोखिम पूर्ण अवस्थामा रहेका तार मर्मत नहुँदा समस्या हुने गरेको छ । फिल्डमा खटाइएका कर्मचारीले प्रसारण लाइनमा के समस्या भएको भन्ने बारेमा चासो नलिँदा समस्या आएको दोगडाकेदार–३ श्रीकोटका शङ्कर भट्ट बताउँछन् ।

    विद्युत्भार कटौतीका कारण पाटन क्षेत्रका बासिन्दाले समेत हैरानी खेप्दै आएका छन् । बेलाबेलामा बत्ती आउने जाने गर्दा समस्या हुने गरेको सिधारेखा अनलाइन पत्रिकाका सञ्चालक घनश्यामसागर पन्तले बताए ।

    नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने कमजोर विद्युतीय संरचनाका कारण विद्युत् सेवा अनियमित हुने गरेको जनाएको छ । कम बजेटमा बढी काम गर्नुपर्ने भएकाले यस्तो समस्या आउने गरेको शाखा प्रमुख राजेन्द्रलाल देव बताउँछन् । “विद्युत् सेवा विस्तार गर्दा ग्राहकले विद्युत् उपभोग गर्न हतार गर्दा खम्बा पनि टाढाटाढा राख्नुपर्ने बाध्यता छ,” उनले भने । हावाहुरी र चट्याङका समस्याका कारण विद्युत् सेवा बारम्बार अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij