बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

घरदैलोमा हिँडेका गल्छीका निर्वाचित गाउँपालिका अध्यक्ष दुर्घटनामा घाइते

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४



  • निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्।

    गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ ।

    घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं बाहिनीमा प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्रान्डी अस्पतालमा भर्ना गरिएको गल्छी गाउँपालिकाका एमाले नेता नरेश खतिवडाले जानकारी दिए ।

    घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । अध्यक्ष श्रेष्ठको करङको हड्डी भाँचिएको र मोटरसाइकल चालक पौडेलको हातको पाता खुस्केको अवस्थामा उद्धार गरिएको थियो ।

    श्रेष्ठ गल्छी गाउँपालिका–४ को चिनियाँखर्क, ज्यामिरचौर, कार्कीडाँडाका मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने र मतदाताको सुझाव लिने कार्यक्रममा गाउँ गएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij