बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सहकारीको पहलमा चिया कारखाना स्थापना

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४



  • इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ ।

    सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् ।

    सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले रु छ करोडको लागतमा कारखाना स्थापना गरेको हो ।

    उक्त कारखाना सहकारीस्तरको नेपालकै सबैभन्दा ठूलो अर्थोडक्स चिया कारखाना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदी बताउँछन् ।

    “कारखाना निर्माणका लागि टी बोर्डबाट रु ७५ लाख र सहकारी विभागबाट रु छ लाख प्राप्त भएको छ”–अध्यक्ष सुवेदीले भने ।

    किसानले उत्पादन गरेको हरियो चियापत्ती कारखानामा बिक्री गर्छन् । तर कारखाना सञ्चालकले यो र त्यो बहाना देखाउँदै किसानलाई लागतअनुसारको हरियो पत्तीको मूल्य दिएका छैनन् ।

    सामान्यतयाः दुई पात एक सुइरो भएको ६० देखि ८० प्रतिशतसम्म भएको चियालाई गुणस्तरीय चिया मानिन्छ । सिजनमा किसानले उक्त गुणस्तरको चियाको मूल्य अधिकतम रु छ हजार प्रतिक्विन्टल पाएका थिए ।

    तर इलामेली चिया कारखानाले प्रतिक्विन्टल रु १० हजारमा गुणस्तरीय चिया खरिद गरिरहेको अध्यक्ष सुवेदीको भनाइ छ ।

    किसानले चिया उत्पादन गर्छन् तर उनीहरूको पहुँचमा कारखाना हुँदैन । किसानको थोरैमात्र पुँजीले कारखाना बनाउन सक्दैनन् । कारखाना बनाइहाले पनि गुणस्तरीय तयारी चिया नबन्दा बजारमा बिक्री नहुन सक्छ ।

    त्यो समस्यासँग जुध्न नसक्नु र समस्याको समाधान नखोज्दा किसानले चियाको उचित मूल्य पाउन नसकेको कन्यामका चिया किसान रेवतीरमण पौडेल बताउँछन् । पौडेल भन्छन्- “चियाखेती मात्र गर्ने तर प्रशोधन गर्न अरूलाई दिने गर्दा मूल्य नपाइएको हो ।” किसान आबद्ध भएको इलामेली सहकारी संस्थाले स्थापना गरेको कारखानाले अहिले धमाधम हरियोपत्ती प्रशोधन गरिरहेको छ ।

    हरियो चियाको मूल्य कम पाइरहेको अवस्थामा दैनिक करिब पाँच हजार किलोग्राम हरियोपत्ती प्रशोधन गर्ने क्षमता भएको कारखानाबाट कृषकले राम्रो मूल्य पाउन थालेका छन् ।

    यसअघि किसानले पत्तीको मूल्य बढीमा प्रतिकिलो रु ६० सम्म मात्र पाउँदै थिए । सहकारीले कृषकलाई प्रतिकिलो हरियोपत्तीको मूल्य रु एक सय दिन थालेपछि कारखानामा पत्तीको चापसमेत बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij