बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सोताङमा गाडी आएपनि खाद्यन्न अभाव

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  • जेपी थुलुङ,सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा सडक बिस्तार भएसंगै सवारी संचालन भएपनि अहिले सबै पसलमा खाद्यन्नको हाहाकार मच्चीएको छ ।
    यसअघि केहि समय नियमित सवारी संचालन भएको भएपनि केहिदिन यता सवारी साधन नचल्दा सोताङको  शिवटारमा खाद्यन्नको अभाव हुन थालेको हो ।
    वर्षा सुरु भएपछि नियमित सवारीसाधन नचल्दा पहिलाको स्टक सकिएकाले खाद्यन्नको अभाव हुन थालेको स्थानीय व्यापारीले वताएका छन् ।

    दैनिक उपभोग्य सामाग्री चामल, तेल, चिनि, मैदा लगायतका सामान ढप्प हुदा दैनिक १ दर्जन भन्दा बढि ग्राहक खालीहात फर्कनु परेको किरात स्टोरका प्रोपाईटर बबिता राईले बताउनुभयो ।

    सवारी संचालनमा आएपछि गाडीको भरपर्दा सबै खाद्यन्न ठप्प भएको उहाको भनाई छ । सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारीका अधिकांश साबिकको गाबिसका ग्राहकहरुले सोताङबाटनै खाद्यन्नका सामाग्री लाने गर्छन् ।

    यसअघि दुधकोशी दिप्लीघाट देखी करिब २२ समुह खच्चढले ढुवानी गर्ने गरेको भएपनि सवारी अवागमन हुन थालेपछि अघिकां खच्चढ खुम्बु क्षेत्र लगिएको छ ।

    हाल कोशी पारी खड्का स्टोरकोे मात्र २ वटा मालबहाक ट्राक्टरले सामान ढुवानी गर्ने गर्दछन् ।

    बर्षात शुरु भएपछि दुधकोशी नदिमा सामान तार्न कठिन भएका कारण शिवटारमा सामानको अभाव खड्कीएको खड्का स्टोरका प्रोपाईटर दिपक खड्काले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij