आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हावाहुरी पीडितलाई जस्तापाता वितरण

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  •  

    लहान । हावाहुरीका कारण पीडित भएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ र ५ का स्थानीयलाई आइतबार राहतस्वरुप घर छाउन जस्तापाता वितरण गरिएको छ ।jaljala

    कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरीले गत जेठ १ गते साँझ आएको हावाहुरीका कारण घरमा क्षति पुगेका शम्भुनाथ नगरपालिका ३ र ५ का १४६ पीडित परिवारलाई राहतस्वरुप जस्तापाता वितरण गरेको हो ।

    हावाहुरीले घरमा छाएको जस्तापाता उडाएको र घरमा क्षति पुगेका स्थानीय पीडित परिवारलाई प्रतिपरिवार नौ फिटे १६ थानका दरले जस्तापाता वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले जानकारी दिए ।

    हावाहुरीबाट पीडित परिवारलाई थोरै भए पनि राहत पु¥याउने उद्देश्यले जस्तापाता वितरण गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij