बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बिहान बेलुका सधैं घरमा धुपबत्ती बाल्नुहुन्छ भने थाहा पाउनुहोस् यसको हानी

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  • यदि तपाईं पनि आफ्नो पूजा घरमा धेरैजसो धुपबत्तीको प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंको लागि हो । सायद तपाईंलाई थाहा होला कि भगवानलाई खुसी गर्नका लागि बालिने यी अगरबत्ती हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

    धुपबत्तीले सासको संक्रमण हुने गर्दछः

    केही समय अघि गरिएको एक शोधमा घरभित्र बालिने धुपबत्ती स्वास्थ्यको दृष्टिकोणले निकै फाइदा हुने बताएको छ । धुप बाल्दा हावामा कार्बोन मोनोअक्साइड फैलने गर्दछ । जसका कारण फोक्सो सुन्निने र साससम्बन्धि विभिन्न समस्या निम्तिने गर्दछ । यो धुँवा धुम्रपानका बेला फोक्सोमा जाने धुँवा जस्तै हुन्छ ।

    छालाकोृ एलर्जीः

    लामो समयसम्म धुपको उपयोग गर्दा आँखा र छालाको एलर्जी हुने गर्दछ । धुप बाल्दा यसबाट निस्कने धुँवाले आँखामा जलन पैदा हुन्छ भने संवेदनशील छाला भएका मानिसहरु जब यो धुँवाको सम्पर्कमा आउँछन् तब उनीहरुलाई चिलाएको जस्तो महसुस हुन थाल्छ ।

    मस्तिष्कको रोगः

    नियमित रुपमा अगरबत्तप्ीको प्रयोग गर्दा टाउको दुख्ने, ध्यान केन्द्रित गर्न समस्या हुनु र विस्मृत आदि थुप्रै समस्या हुनसक्छ ।

    मुटुमा क्षतीः

    धुपको धुँवाले मुटुमा समेत क्षती पुर्याउँछ । लामो समयसम्म धुपको उपयोग गर्दा मुटुरोगबाट हुने मृत्युदर १० देखि १२ प्रतिशतसम्म बढ्ने गर्दछ ।

    घाँटीको क्यान्सरः

    धुपको उपयोग गर्दा घाँटीको क्यान्सर पनि हुनसक्छ । धुपको धुँवा माथिल्लो सास नलीको क्यान्सरको जिम्मेवार हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij