बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

आर्थिक बर्ष २०७४/०७५ को बजेटलाई पूँजी बजारले स्वागत

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०७४



  • काठमाडौं।  आर्थिक बर्ष २०७४/०७५ को बजेटलाई पूँजी बजारले स्वागत गरेको छ । बजेट भाषणपछि बुधबार भने बजारमा अधिकाशं समूहको सूचक हरियो भएको छ ।

    आज बजार दोहोरो अंकले उकालो लागेको छ । एक सय ४४ कम्पनीको सेयर कारोवार भएको बुधबार बजार १३ दशमलव ६८ अंकले उक्लिएको छ । दिनभर ११ लाख ५३ हजार ४ सय ९४ कित्ता सेयर किनवेच भएको वजारमा ६७ करोड ९३ लाख ५४ हजार ७२ रुपैयाँको कारोवार भएको छ ।

    बुधबार नेप्से र सेन्सेटिप इन्डेक्स दुवै हरियो भएका छन् । बैकिङ समूहको सूचक ९ दशमलव ४१ अंकले वढेको छ भने होटल समूहको सूचक १९ दशमलव ९८, विकास बैंक समूहको सूचक २० दशमलव ९ र जलविद्युत समूहको सूचक १८ दशमलव ०७ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    यस्तै, बुधबार फाइनान्स समूहको सूचक १ दशमलव ३२, बीमा समूहको सूचक १२१ दशमलव ४१ र अन्य समूहको सूचक ८ दशमलव ३९ अंकले वढेको छ । वजारमा उत्पादनमुलक समूहको सूचक भने ४ दशमलव ६१ अंकले घटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij