बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

विराटनगरमा हिन्दू स्वयंसेवक संघको ‘संघ शिक्षा वर्ग’ सुरु

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • विराटनगर – हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने संघ शिक्षा वर्ग प्रथम वर्षको उद्घाटन भएको छ ।

    अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नेपाल शाखाका अध्यक्ष फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ले संघ शिक्षा वर्ग प्रथम वर्षको उद्घाटन गरेका हुन् ।

    के हुन्छ संघ शिक्षा वर्गमा ?

    -विराटनगरमा आयोजित वर्गमा आएका प्रशिक्षार्थीले २० दिन ज्ञान (तालिम) हाँसील गर्नेछन् ।
    -दैनिक रुपमा शारीरिक, बौद्धिक कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, समाज र स्वदेश भक्तिको शिक्षा प्राप्त गर्नेछन् ।
    -आफ्नो व्यक्तित्व विकास गर्दै कसरी विकास यात्रालाई समाजसँग जोड्ने भन्ने विषयमा साधना एवं चिन्तनद्धारा शिक्षा दिइनेछ ।
    -२० दिनको नियमित कार्यक्रम बिहान ५ बजे जागरणसँग सुरुवात गरिनेछ ।
    -र राती १० बजे विश्रामका लागि दीप निर्वाण गरिन्छ ।

    शिक्षा तथा ज्ञान प्राप्त गर्ने उदेश्यले देशका विभिन्न जिल्लाबाट प्रशिक्षार्थीहरु विराटनगर आएका छन् ।

    सामूहिकता, समरसता, सहकार्य जस्ता गुणको अभ्यास खेल, भोजन, गीत, योगाभ्यास जस्ता माध्यमबाट सिकाइ हुने हुँदा यो आफैंमा एउटा विशिष्ट प्रकारको वर्ग हुने आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij