प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४
आफ्नी श्रीमती अर्कैसँग लागेको आशंका गरेपछी भक्तपुरको सूर्यविनायक नगरपालिका–४ गाम्चा बस्दै आएका एक जोडीले ज्यान गुमाएका छन् ।
ओखलढुंगा स्थायी घर भएर गाम्चामा डेरा गरी बस्ने २५ वर्षीय लोकबहादुर तामाङ्ग र उनकी श्रीमती २२ वर्षीया आसिका बस्नेत बिहीबार विहान मृत अवस्थामा फेला परेका हुन् । लोकबहादुर र आसिका दुवैको शव आफ्नै कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए ।
डीएसपी ओलियाकाअनुसार लोकबहादुरलाई पंखाको हुकमा सलको पासो लगाई झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो भने आसिका ओछ्यामा मृत अवस्थामा फेला परेकी थिइन् ।
घट्नास्थमाल लोकबहादुरले लेखेको सुसाइड नोट फेला परेको छ । सुसाइड नोटमा आसिकालाई ‘बेबी’ सम्वोधन गरेका लोकबहादुरले आफू एउटी युवतीसँग हिँड्ने गरेको तर उनी साथी भएको कुरा उल्लेख गरेका छन् । साथीसँग हिँड्दा श्रीमतीले अनावश्यक आशंका गरेपछि लोकबहादुरले आत्महत्या गरेको र त्यसपछि श्रीमतीले विष सेवन गरेको हुनसक्ने बताइएको छ ।
प्रहरीकाअनुसार, श्रीमतीको शवसँगै उडुस मार्न प्रयोग गरिने ‘बेगन’ तथा लामखुट्टे मार्न प्रयोग गरिने ‘अलआउट’ नामक विषादी फेला परेको छ । दुवैका शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij