प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४
निलम ओली , बाँके । बाँकेमा मोटरसाईकलले आटो रिक्सालाई ठक्कर दिदा अटो चालक घाइते भएका छन । धम्वोझी देखि कारकाँदो तर्फ जाँदै गरेको जयसपुर गा.वि.स.६५४ नं. को आटो रिक्सालाई विपरित दिशावाट आउदै गरेको भे४प १७६८ नं. को मोटरसाईकलले पुष्पलालचोक नजिक ठक्कर दिएको हो ।
मोटरसाईकलले ठक्कर दिदा अटो चालक वाँके ने.गं.११ वस्ने ६५ बर्षिय युसुफ राईको वाँया हात भाँचिएको छ । मोटरसाईकल चालक उपचारमा संलग्न अटो र मोटरसाईकल प्रहरी नियन्त्रणमा छ । घाइते राईको नरसिंहहोममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जलजलाखबरसँग बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij